१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक ७ शुक्रबार १०:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार १०:०४:००

ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका– ७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले बताए ।  तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो ।

तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो । 

बालिकाको दाहिने खुट्टाको घुँडाभन्दामाथि बन्दुकको छर्रा लागेको छ ।  घाइते बालिकाको उपचार भइरहेको छ । के कारणले छोरीलाई गोली हानेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।