मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ७ शुक्रबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार

हेटौँडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ७ शुक्रबार ०९:०७:००

हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका सबै उद्योग सञ्चालनमा आएका छन् । कोरोना र लकडाउनका कारण बन्द भएका ६० प्रतिशत उद्योग एक साता अघिदेखि सुचारु भएसँगै औद्योगिक क्षेत्रका सबै १ सय ११ वटै उद्योग सञ्चालनमा आएका हुन् ।

लकडाउनमा अत्यावश्यक र खाद्यान्न सामग्री उत्पादन गर्ने बिस्कुट, चाउचाउ, बेकरी, पानी, दाना र दुग्ध उद्योगबाहेकका ६० प्रतिशत पूर्ण रूपमा बन्द थिए । सार्वजनिक यातायात सुचारुसँगै मजदुर आउन थालेपछि सबै उद्योग सञ्चालनमा आएका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार अत्यावश्यक सामग्री र खाद्यान्न उत्पादन गर्ने ८० प्रतिशत र रासायनिक पदार्थ, निर्माण सामग्री, मेसिनरी, धूम्रपान, पियपदार्थ र प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । 

औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब ५ अर्ब ५० करोड र सरकारी लगानी ९० करोड रहेको कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रका उद्योगमा हाल १० हजार ५ सयजनाले रोजगारी पाएका छन् ।