१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०७:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहुलियतपूर्ण कर्जा लिने जम्मा सातजना थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार ०७:३०:००

चालू आर्थिक वर्षको दुई महिनामा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जाको विस्तार लगभग ठप्प देखाएको छ । यो दुई महिनामा यस्तो कर्जा लिनेको संख्यामा मात्रै सातजना थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

भदौसम्म सहुलियतपूर्ण कर्जा पाउने ९ क्षेत्रमध्ये सातवटामा एक–एकजना थपिएका हुन् । टेक्सटाइल उद्योगीले पाउने कर्जामा भने एकजना पनि थपिएको छैन । त्यस्तै, सिटिइभिटीबाट प्रशिक्षण लिएकाले पाउने कर्जा शीर्षकमा हालसम्म कसैले पनि यस्तो कर्जा पाएका छैनन् । 

थपिएका सबै कर्जाको आकार पनि १० लाखभन्दा कम नै रहेकाले सहुलियतपूर्ण कर्जाको तथ्यांकमा छ । यसअघि असारमा कुल ३२ हजार ४ सय ४८ जनाले लगभग यति नै रकम कर्जा पाएका थिए । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा बाध्यात्मक व्यवस्था गरेको छ ।

सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्ने भन्दै लक्षित क्षेत्र र वर्गमा कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य बैंकले कम्तीमा ५ सय वा प्रतिशाखा न्यूनतम १० जना र राष्ट्रियस्तरका विकास बैंकले कम्तीमा ३ सय वा प्रतिशाखा न्यूनतम ५ जनाको दरमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । असार ०७८ सम्मका लागि यस्तो संख्या तोकिएको छ । 

बाध्यात्मक व्यवस्थाका कारण गत आर्थिक वर्षमा यस्तो सहुलियतपूर्ण अनुदानको कर्जा दिनेको संख्यामा ७७ प्रतिशत र कर्जा रकममा ८१ प्रतिशतले वृद्धि भएको छ । तर, कोभिड–१९ को प्रभावकै कारण चालू आवमा भने कर्जा विस्तार हुन नसकेको राष्ट्र बैंककै अधिकारीहरू बताउँछन् ।