मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ६ बिहीबार १६:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोल्पा अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार १६:२३:००

डोल्पाको एक मात्र जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान गरिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पहिलोपटक एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्रर जडान गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारको सहयोगमा भेन्टिलेटर प्राप्त भएको अस्पताल प्रमुख डा. सिजन रावलले जानकारी दिए ।

सुविधासम्पन्न अस्पतालमा मात्र राखिने महँगो मूल्य पर्ने भेन्टिलेटर दुर्गमका अस्पतालमा जडान गरिनु जिल्लावासीका लागि सुखद कुरा भएको डा. रावललको भनाइ छ ।

भेन्टिलेटर जडानपछि श्वास–प्रश्वासमा समस्या भएका बिरामीहरूको उपचारमा सहज हुने अस्पतालले जनाएको छ ।

भेन्टिलेटर जडान भए पनि सदरमुकाम दुनैमा सञ्चालित विद्युतको भोल्टेज न्यून आउने हुँदा सञ्चालन गर्न समस्या भएको अस्पतालका डा. रमेश बुढाले बताए ।

विद्युतको भरपर्दो सुविधा नभएकाले भेन्टिलेटर सञ्चालन गर्नका लागि विद्युतबाट चल्ने अक्सिजन कन्सिनेट्ररभन्दा अक्सिजन सिलिन्डर भरपर्दो हुने डाक्टर बुढाको भनाइ छ ।

अहिले जिल्ला अस्पतालमा एउटा पनि अक्सिजन सिलिन्डर नभएको अस्पतालले जनाएको छ ।