मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी
२०७७ कार्तिक ६ बिहीबार १५:५०:००
Read Time : > 1 मिनेट
फिचर

युरोपका ८० प्रतिशत प्राकृतिक वासस्थान अतिक्रमणको चपेटामा : अध्ययन 

Read Time : > 1 मिनेट
रासस/एएफपी
२०७७ कार्तिक ६ बिहीबार १५:५०:००

युरोपेली संघअन्तर्गतका मुलुकका ८० प्रतिशतभन्दा बढी प्राकृतिक वासस्थान खराब अवस्थामा रहेको सार्वजनिक भएको हो । यी वासस्थानको सुरक्षाका लागि भइरहेका काममा अझै पहल गर्नुपर्ने युरोपेली वातावरण संरक्षण निकाय (इइए) द्वारा सार्वजनिक अध्ययन प्रतिवेदनले सुझाब दिएको छ । 

सन् २०१३/२०१८ सम्मको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इइएले सन् २००७/२०१२ सम्म ७७ प्रतिशत प्राकृतिक वासस्थान प्रतिकूल अवस्थामा थिए । ‘हामीले युरोपमा ठूलो मात्रामा पुनर्स्थापना गर्नु आवश्यक देखेका छौँ,’ रिपोर्टका लेखक इइए विज्ञ कार्लोस रोमाओले भने, ‘यो जैविक विविधताका लागि मात्र नभई जलवायु परिवर्तन विषयका लागि पनि आवश्यक छ ।’  साधारण खेत र ओसिलो जमिनमा बसोवास गर्ने खासगरी स्काइर लार्कजस्ता दुर्लभ पक्षीजन्य प्रजाति प्रतिकूल वासस्थानका कारण युरोप महाद्वीपमा घटिरहेको प्रतिवेदनमा उल्लेख छ । युरोपमा वासस्थान वा त्यहाँ बस्ने प्रजातिले सघन कृषि, सहरी विकास, पर्यटन र मनोरञ्जन केन्द्र र संरक्षित वन गतिविधि र प्रदूषणजस्ता कैयौँ दबाबको सामना गरिरहेको अध्ययनले देखाएको छ । यसका साथै मौसम परिवर्तन, खडेरी र घट्दो वर्षासँगै थप चुनौती खडा भएका छन् ।

६ वर्षको अध्ययनमा इइएले बेलायतलगायत इयू सदस्य राष्ट्रहरूमा वातावरणलाई हानी पुऱ्याउने ६७ हजार प्रकारका मानवीय गतिविधिलाई विवरणमा समावेश गरेको छ । जुन अघिल्लो पाँच वर्ष (सन् २००७/२०१२) को तुलनामा पाँच प्रतिशतले कमी हो । इयूमा चरा प्रजातिहरूको आधाभन्दा कम अर्थात् ४७ प्रतिशतले ‘राम्रो संरक्षण पाएका छन् । 
प्राकृतिक वासस्थान विनाश बाली तथा फलफूलमा परागसेचनका महत्वपूर्ण हुने हुनाले जैविक विविधताका लागि महत्वपूर्ण मानिन्छ ।  उनीहरूको संरक्षण स्थिति अन्यभन्दा धेरै प्रतिकूल भएको रिपोर्टले देखाएको छ । 

सबै अवस्थामा गम्भीर भने छैन  

पक्षीजन्यभन्दा पशु प्रजातिहरूको संख्यात्मक संरक्षण स्थिति ‘राम्रो देखिएको छ । अघिल्लो पाँच वर्षको तुलनामा हालै सार्वजनिक रिपोर्टमा चार प्रतिशतले सुधार अर्थात् २७ प्रतिशत रहेको छ ।

संरक्षण प्रयासहरू भइरहेका छन् ।  इयूको नाटुरा २००० सञ्जालले समेटेको प्राकृतिक वासस्थान संरक्षण अन्य कार्यक्रमको तुलनामा राम्रो देखिएको  इइएले जनाएको छ । परिणामतः स्वीडेनमा चपल भ्यागुता, फ्रान्सको तटीय लगगन र इयूभरि दाह्री गिद्धजस्ता धेरै प्रजाति र तीनका आवास सुधारिएका छन् ।

डेनमार्क वातावरणीय समूह नुह, ‘फ्रेन्ड्स अफ द अर्थ छाता संगठनका सदस्यले भने कि यो पर्याप्त थिएन । ‘कम्तीमा ३० प्रतिशत भूमि र इयूमा ३० प्रतिशत समुद्री क्षेत्र कानुनको हिसाबले सुरक्षित हुनुपर्छ र वातावरणीय कोरिडोरहरूलाई वास्तविक ट्रान्स (युरोपियन प्रकृति नेटवर्कको हिस्सा) बनाउनुपर्छ,’ अक्टोबरको सुरुमा गरिएको एक अध्ययनमा भनिएको छ ।

इयूको नाटुरा २००० मा समेटिएको इयूको १८ प्रतिशत भूमिमा सन् २०१२ को तुलनामा सन् २०१९ मा अपरिवर्तित देखिएको छ भने १० प्रतिशत तटीय क्षेत्रमा ४ प्रतिशतको सुधार देखिएको छ ।

डेनिसको वातावरण समूह, नोएह, जुन ‘फ्रेन्ड्स अफ द अर्थ’को छाता संगठनको सदस्यले भने संरक्षण सुधार पर्याप्त नरहेको बताएको छ । समूहले अक्टोबरको सुरुमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले भनेको छ, ‘कम्तीमा ३० प्रतिशत भूमि तथा ३० प्रतिशत तटीय क्षेत्रलाई कानुनी, वातावरणीय रूपमा नै संरक्षित गर्न जरुरी छ । यसलाई ट्रान्स–युरोपियन नेचर नेटवर्क बनाएर संरक्षण गर्नु जरुरी छ ।’