मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार १३:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रानीपाेखरी क्षेत्रमा बाँकी रहेका निर्माणका काम निरन्तर अघि बढ्छ : मेयर शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार १३:४३:००

काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामलाई चरणबद्ध रूपमा अगाडि बढाउने भएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजनाअनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणबद्ध रूपमा निर्माण गरिने बताए । 

रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पाटीलगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ । 

त्यस्तै, गुरुयोजनाअन्तर्गत त्रि–चन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिबाटिका, रत्नपार्कलगायतलाई समावेश गरी बृहत् रानीपोखरीको रूरुपमा विकास गरिने मेयर शाक्यले बताए । 

यी कामहरू एकैसाथ गर्नेभन्दा पनि चरणबद्ध रूपमा अगाडि बढाउने रणनीतिअनुसार काम भइराखेको पनि उनले बताए । 

०७२ को भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो । 

तर, पछि विज्ञहरूको सुझाबअनुसार भूकम्प अघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको कामबाहेक महानगरपालिकाले बनाएको गुरुयोजनाअनुसार बृहत् रानीपोखरीको विकास गर्न भने बाँकी छ । 

मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रूपमा नागरिकको लागि खुला हुनेछ । 

पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटीकाको दिन मात्रै खुल्नेछ ।