मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वीरेन्द्र ओली 
२०७५ माघ २२ मंगलबार २१:०५:००
Read Time : > 2 मिनेट
समाचार

विप्लव नेतृत्वको नेकपामा अन्तर संघर्ष चर्कियो, विप्लव कमजोर बन्दै विश्वकर्मा पकड जमाउँदै

Read Time : > 2 मिनेट
वीरेन्द्र ओली 
२०७५ माघ २२ मंगलबार २१:०५:००

अर्धभूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीमा अन्तर संघर्ष चर्किन थालेको छ । महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच सांगठनिक पकट कसले जमाउने भन्ने विषयमा विवाद हुन थालेको हो । विचारभन्दा जनवर्गीय संगठनमा पकड जमाउने भन्ने विषयमा दुई नेताबीच अन्तर संघर्ष सुरु भएको हो । 

चन्दा आरोपमा पक्राउपछि छुटेका प्रकाण्डले गत मंसिर ८ गते आयोजित  आमसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गरे । संगठन सुदृढिकरण र जनतासँग आफ्ना कुरा राख्न भन्दै प्रकाण्डले कालिकोटमा सम्बोधन गरी सकेका छन् । खुला कार्यक्रममा प्रमुख अथितिका रुपमा प्रकाण्ड देखिदै आएका छन् ।

प्रभाशाली मानिने जनवर्गीय संगठनमा प्रकाण्डले आफ्नो प्रभाव जमाउँदै गएको पार्टीका एक केन्द्रीय सदस्यले बताए । संगठनमा प्रकाण्डले आफू अनुकुलका व्यक्तिलाई राख्न थालेपछि संगठनमा समानन्तर कमिटी घोषणा भएको छ । पत्रकार, जनस्वास्थ्यकर्मी विवाद हुँदा समानन्तर कमिटी घोषणा भई चल्दै आएको छ । विद्यार्थी संगठन र मजुर संगठनमा प्रकाण्डले आफू निकट विद्यार्थी नेतालाई जिम्मेवारी दिएको भन्दै असन्तुष्टी चुलिदै गएको छ । पार्टीको कर्मचारी, किसान, सुकुमबासी युवा संगठन प्रभावशाली भए पनि हस्तक्षेप गर्न सकेका छैनन् ।  

पत्रकारमा डुम्रे र रावतको नेतृत्वमा समानन्तर कमिटी 

क्रन्तिकारी पत्रकार संगठन समान्तर कमिटी घोषणा गरी चल्दै आएको छ । प्रकाश डुम्रेको अध्यक्षमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । यस्तै, डिल्ली रावतको अध्यक्षमा अर्को ५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरी चल्दै आएको छ । 

गत वैशाखमा भक्तपुरको नगरकोटमा तेस्रो राष्ट्रिय सम्मेलनबाट डुम्रेको नेतृत्वमा उपाध्यक्षमा डिल्लीराज रावत, महासचिव हिम विष्ट, कोषाध्यक्षमा जानकारी दहित सचिवमा श्रृजना तिमिल्सेनासहित ५१ सदस्य केन्द्रीय कमिटी घोषणा गरिएको थियो ।

प्रकाण्डले एकलौटी ढङ्गले हस्तक्षप गरेको भन्दै विवाद उत्कर्षमा पुगेपछि प्रभात चलाउने, जन्मदेव जैसी, कमल बुढा र बाबुराम भुसाल र सुदीप वर्देवालाई संगठनबाटै निकालियो । सोही समुहले असोजमा अध्यक्ष डिल्ली रावत उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाल कोषाध्यक्ष तिलक

अधिकारीसहितको केन्द्रीय कमिटी घोषणा गरेको छ । डुम्रे र रावतले आफूलाई आधिकारिक दाबी गर्दै आएका छन् । तर, बाहिरी रुपमा डुम्रे र रावत देखिए पनि प्रकाण्डले आफ्नो प्रभाव बढाउन थाले पनि विवाद सतहमा आएको हो ।  

जनस्वास्थ्यकर्मीमा योगी र कंडेलको नेतृत्वमा समानन्तर कमिटी 

अखिल नेपाल जनस्वास्थ्यकर्मी संघमा पनि प्रमोद योगी र टीका कंडेलको नेतृत्वमा समानन्तर कमिटी चल्दै आएको छ । जनस्वास्थ्यमा प्रकाण्डले आफू निकट नेतालाई जिम्मेवारी दिएको भन्दै कंडेलको नेतृत्वमा गत मंसिर ८ गते अर्को कमिटी घोषणा गरिएको हो । प्रमोद योगीको नेतृत्वको उपाध्यक्ष भैरव बोहरा, महासचिव रामकुमार श्रेष्ठ, कोषाध्यक्ष योगेन्द्र यादव सहित २९ सदस्य केन्द्रीय कमिटी घोषणा गरिएको थियो । तर, सोही कमिटीलाई अवैधानिक भन्दै कंडेलको नेतृवमा उपाध्यक्ष पिताम्बर भुर्तेल  र प्रकाश चन्द महासचिव छन् । चन्द पार्टी महासचिव विप्लवका छोरा हुन् । 

मजदुर र विद्यार्थीमा असन्तुष्टी चुलिदै 

विप्लव पार्टीको सबैभन्दा धेरै प्रभावशाली मानिने मजदुर र विद्यार्थीमा असन्तुष्टी चुलिदै गएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघमा प्रकाण्डले आफू निकट अमर झाँक्रीको नेतृत्वमा महासचिवमा गोकुल दाहाल र सचिवमा देव परियारलाई ल्याएपछि विवाद बढेको हो । 

यस्तै, गत चैतमा विप्लव विद्यार्थी संगठनको २१ औँ राष्ट्रिय सम्मेलन गरी चिरिञ्जिवी ढकालको नेतृत्वमा ५९ सदस्यीय केन्द्रीय कमिटी घोषणा भयो । संगठनमा विप्लव निकटलाई पाखा लगाएको भन्दै प्रकाण्ड निकट विद्यार्थी नेतालाई पदाधिकारीमा राखिएको भन्दै विवाद कायमै छ । प्रकाण्डले अध्यक्षमा ढकाल, महासचिवमा प्रकाश शाही, कोषाअध्यक्षमा आफ्नै छोरा नरेन्द्र विश्वकर्मालाई राखेका थिए । 

केन्द्रदेखि स्थानीय स्तरसम्म भूमिगत 

मोहन वैद्य किरण समुहले २ र ३ असार २०६९ सालमा बौद्धमा भेलागरी तत्कालीन एकीकृत माओवादीबाट अलग भएको घोषणा गरेका थिए । त्यसको दुई वर्षमै ८ मंसिर २०७१ मा वैद्यबाट विप्लव अलग भई नेकपा माओवादी गठन गरे । विप्लवले १ फागुन २०७३ मा नेपाल कम्यूनिष्ट पार्टी घोषणा गरे । पार्टी घोषणा गरे पनि केन्द्रदेखि स्थानीय स्तरसम्म जहाँ बस्यो त्यहाँ पार्टी कार्यालय मानेर बैठक गर्दै आएको नेकपाका एक केन्द्रीय सदस्यले बताए । 

विप्लव गत वर्षदेखि भूमिगत 

विप्लव गत वर्ष चैत २४ गते जनआन्दोलन दिवसको अवसर पारी राजधानीमा राखिएको सभालाई सम्बोधन गरे । उनी अहिलेसम्म सार्वजनिक कार्यक्रममा उपस्थित नभएको  नेकपा नेताहरु बताउँछन् । फाट्फुट मिडियामा अन्तर्वार्ता दिए पनि सार्वजनिक कार्यक्रममा सहभागी नै भएका छैनन् । तर, विप्लवका नेताहरु २०७४ वैशाखदेखि भएको स्थानीय तह निर्वाचनदेखि अर्धभूमिगत जस्तै हुन थालेका हुन् ।