१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ कार्तिक ६ बिहीबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ सरकारले ज्येष्ठ नागरिक ग्राम बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ कार्तिक ६ बिहीबार १२:०२:००

प्रदेश १ सरकारले ज्येष्ठ नागरिकहरूका लागि ग्राम बनाउन तयारी गरेको छ । 

सामाजिक विकास मन्त्रालयले मोरङको ग्रामथान गाउँपालिका– ७ मा १० बिघा १४ कट्ठा जग्गामा ज्येष्ठ नागरिक ग्राम बनाउन तयारी थालेको हो ।     

बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावकविहीन सडकआश्रित मानिस र उपेक्षित ज्येष्ठ नागरिकहरूको संरक्षणका लागि सरकारले ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न लागेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । 

उनका अनुसार ग्राम निर्माणका लागि तीन करोड ५० लाख बजेट विनियोजन भइसकेको र चालू वर्षभित्र निर्माण सुरु भइसक्नेछ ।
 
ग्रामथान गाउँपालिकाको सहकार्यमा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामभित्र ‘नलेज पार्क’को  निर्माण स्थानीय तह आफैँले गर्नेछ । 
ग्रामभित्र अलग–अलग ७२ वटा घर हुनेछन् । 

ग्रामभित्र ज्येष्ठ नागरिकलाई टहलिने स्थान, मानसिक रोगी र असहायहरूलाई संरक्षण गर्ने मानव सेवा आश्रमसमेत हुनेछ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ज्येष्ठ नागरिक ग्राम र मानव सेवा आश्रममा मानसिक रोगीहरूलाई भर्ना लिएर उपचार गराउनका लागि १५ शय्याको अस्पताल पनि  निर्माण गर्ने योजना छ ।