१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार ०५:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकहरूको डिजिटल दक्षिणा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार ०५:३१:००

दसैँको अवसर पारेर बैंकहरूले डिजिटल दक्षिणालाई प्राथमिकता दिन थालेका छन् । विभिन्न बैंकले डिजिटल दक्षिणा दिँदा नगद फिर्तादेखि दक्षिणा पाउनेलाई थप रकम प्रदान गर्नेसम्मको योजना ल्याएका हुन् ।

कोभिड–१९ को प्रकोप बढेसँगै डिजिटल भुक्तानीलाई प्राथमिकता दिन पनि यो योजना ल्याएको बैंकहरूको भनाइ छ । सबैजसो बैंकले यो योजना टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने जनाएका छन् । 

एनआइसी एसिया : एनआइसी एसिया बैंकले दसैँमा ग्राहकले आफन्तजनलाई दिने दक्षिणा बैंकको मोबाइल बैंकिङमार्फत दिएमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १ सय रुपैयाँसम्म आफ्नो  तर्फबाट थप गरिदिने योजना ल्याएको छ ।

टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको यो योजना अवधिभर बैंकको तर्फबाट एकजनाले अधिकतम ५ सय रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्ने जनाएको छ । 

बैंक अफ काठमाण्डू : बैंक अफ काठमाण्डू लिमिटेडले मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । यसका लागि ग्राहकले बिओकेको मोबाइल बैंकिङको प्रयोग गरी कम्तीमा ३ पटक फरक व्यक्तिलाई रकमान्तर गर्नुपर्ने उल्लेख गरेको छ ।

३ कारोबारमा कुल रकम १ हजार रुपैयाँभन्दा बढी हुनुपर्ने बैंकले जनाएको छ । दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङमा भएको फोन पेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणास्वरूप रकमान्तर गर्नुपर्ने जनाइएको छ । 

सिद्घार्थ बैंक : सिद्घार्थ बैंक लिमिटेडले कात्तिक १० देखि १४ गतेसम्म कारोबारको विवरणमा दक्षिणा लेखेर ३ पटक न्यूनतम १ सय रुपैयाँ ट्रान्सफर गर्दा ३ सय रुपैयाँ क्यासब्याकको अफर राखेको छ । बैंकले पहिलो र थप ३ कारोबारमा क्यासब्याक दिने भएको छ ।