मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ६ बिहीबार ०६:२३:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

 आइपिएल : बेंग्लोर दोस्रो स्थानमा उक्लियो

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार ०६:२३:००

सातौँ जितसँगै रोयल्स च्यालेन्जर्स बेंग्लोर १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो स्थानमा उक्लेको छ । बेंग्लोरले अबुधाबी मैदानमा कोलकाता नाइट राइडर्समाथि आठ विकेटको फराकिलो जित निकाली शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई दबाब दिएको छ । बेंग्लोर र दिल्लीले समान १० खेलबाट १४ अंक बटुलेका छन् । 

एक खेल कम खेलेको साबिक विजेता मुम्बई इन्डियन्सको १२ अंक छ । कोलकाताले चालू आइपिएलकै कम योगफल बनाउने क्रममा आठ विकेटको क्षतिमा ८४ रन मात्र बनाएको थियो । प्रत्युत्तरमा बेंग्लोरले १३.३ ओभरमा दुई विकेटको नोक्सानीमा ८५ रन जोड्यो ।  बेंग्लोरका लागि ओपनर देवदत्त पडक्कलले सर्वाधिक २५ रनको योगदान दिए । उनले १७ बलमा तीन चौका प्रहार गरेका थिए । उनले आरोन फिन्चसँग पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । 

फिन्चले १६ रन बनाउन दुई चौका लगाए । त्यसपछि कप्तान विराट कोहली र गुरुकरात सिंहले तेस्रो विकेट लागि ४१ रनको साझेदारी गदै बेंग्लोरलाई जित दिलाए । विराटले १७ बलमा १८ रन तथा सिंहले २६ बलमा २१ रन बटुलेका थिए । यसअघिको बलिङमा कोलकाताले मोहमद सिराजको घातक बलिङ सामना गर्न सकेन । 

मोहमदले चार ओभरमा आठ रन मात्र खर्चेर तीन विकेट लिए । यसैगरी युजवेन्द्र चाहलले १५ रनमा दुई विकेट हात पारे । कोलकाताको ब्याटिङ इनिङ्समा कप्तान इयोन मोर्गानले सर्वाधिक ३० रन बनाए । उनले ३४ बलमा तीन चौका र एक छक्का लगाए । यसैगरी कुलदीप यादवले १२ रन तथा फगुसनले १९ रन बनाए । यसबाहेक पाँच ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । 

चालू आइपिएलको पहिलो चरणमा किंग्स ११ पन्जाबले बेंग्लोरलाई १७ ओभरमा एक सय नाै रनमा रोकेको थियो । आइपिएलमा बेंग्लोरको नाममा न्यून योगफलको इतिहास छ । बेंग्लोरले २०१७ मा केवल ४९ रन मात्र जोडेको थियो । आइपिएल इतिहासमा पुरै २० ओभर ब्याटिङ गर्ने गरी सय रन पनि नबनाउने कोलकाता दोस्रो टोली हो ।

सन् २००९ मा दक्षिण अफ्रिकामा भएको आइपिएलमा किंग्स ११ ले चेन्नई सुपर किंग्ससँग खेल्दा २० ओभरमा नौ विकेटको क्षतिमा ९२ रन मात्र जोडेको थियो । 
बेंग्लोरका बलर मोहमद एकैखेलमा दुई मेडन राख्ने खेलाडी बनेका छन् ।