मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस काठमाडौं
२०७७ कार्तिक ५ बुधबार १६:५९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले बढ्याे नेप्से

Read Time : > 1 मिनेट
रासस काठमाडौं
२०७७ कार्तिक ५ बुधबार १६:५९:००

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । म‌ंगलबार पनि दोहोरो अंकले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५ सय ९७.७१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३ सय १६.६५ मा पुगेको छ । कुल १ सय ९२ कम्पनीका कुल ५५ लाख नौ हजार ४ सय ४८ कित्ता सेयर रु. एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार एक सय ४८ मूल्यमा खरिद–बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको सेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । 

यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बिमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवनबिमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु. २४ करोड २९ लाख ५७ हजार ८ सय ७ बराबरको कारोबार भएको छ ।

यस्तै कुमारी बैंक रु. आठ करोड ३९ लाख ३० हजार ३ सय ४७, नेपाल बैंक रु. सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु. ६ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु. चार करोड ५३ लाख ३५ हजार ४ सय ७२ र एनएमबी बैंक रु. चार करोड १० लाख १४ हजार ८ सय ७१ बराबरको कारोबार भई शीर्षस्थानमा पुगेको छ ।

कारोबारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, सांग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एसिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए ।

त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेसनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले  ४.१२ प्रतिशतले गुमाए ।