मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एपी
२०७७ कार्तिक ५ बुधबार १६:४९:००
Read Time : < 1 मिनेट
अर्थ

क्याथी प्यासिफिक एयरवेजले ८५ सय कर्मचारी हटाउँदै 

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ कार्तिक ५ बुधबार १६:४९:००

हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार पाँच सय रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोना भाइरस महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीलाई राखिरहन पनि नसकिने भन्दै कटौती गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । 

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरूमध्ये पाँच हजार तीन सयजना हङकङमै रहेर काम गर्ने हुन् । त्यसबाहेक अरू ६ सयजना अन्य ठाउँका कर्मचारीलाई कटौती गर्न लागिएको कम्पनीको भनाइ छ । अरू दुई हजार ६ सय पद भने पहिलेदेखि नै खाली थियो । कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।