मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ५ बुधबार १५:०८:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

घिनलाग्दा मासु पसल [फोटोफिचर]

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ५ बुधबार १५:०८:००

जलेश्वरमा मासु पसलहरू घिनलाग्दो अवस्थामा भेटिएका छन् । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रको अगुवाइमा गरिएको मासु पसल अनुगमनमा जलेश्वरका अधिकांश मासु पसल घिनलाग्दो, मापदण्ड पूरा नगरेका तथा कुहिएको मासुसमेत बिक्री भएको पाइएको छ । 

बुधबार बिहान अनुगमन टोली मासु पसलहरूमा पुग्दा झिंगा भन्केको र अस्वस्थकर मासु बिक्रीका लागि राखिएको थियो । 

अनुगमन टोलीले मासु पसललाई तत्काल मापदण्ड पूरा गर्नुपर्ने र २१ दिनभित्र दर्तासमेत गर्न निर्देशन दिएको छ ।भेटेरिनरी अस्पतालका प्रमुख डा. सञ्जीव ठाकुरले मापदण्डविपरीत चलेका पसलबाट मासु नकिन्न आग्रह गरेका छन्।

विगत लामो समयदेखि मासु पसलहरूमा अनुगमन नभएकोले मासु व्यापारीबाट उपभोक्ता ठगिँदै आएका छन् । डा. ठाकुरले अब अनुगमनलाई निरन्तरता दिने र मासु पसलहरूलाई दिएको समयसीमाभित्रै पुनः चेकजाँच गर्ने बताए। 

यता जलेश्वर नगरपालिकाले लाखौँको लागतमा सञ्चालनमा ल्याएको पशु बधशालासमेत प्रयोगविहीन देखिएको छ । बधशालामा एकजनाले मात्र पसल सञ्चालन गरेको पाइएको छ । 

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वर, जवाफदेहिता निगरानी समितिका प्रतिनिधि, प्रहरी र सञ्चारकर्मीसमेतको सहभागिता रहेको थियो ।