मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी वाशिङ्टन डिसी
२०७७ कार्तिक ५ बुधबार १३:३७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनविरोधी मानिएका ट्रम्पको चिनियाँ बैंकमा खाता भएकाे खुलासा

Read Time : < 1 मिनेट
एजेन्सी वाशिङ्टन डिसी
२०७७ कार्तिक ५ बुधबार १३:३७:००

चीनको चर्को विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंकखाता रहेको खुलासा भएको छ ।

न्युयोर्क टाइम्सले खुलासा गरेअनुसार ट्रम्पको करको अभिलेख हेर्दा उनले चीनमा कैयन व्यापारिक परियोजना विस्तार गरेको र चीनमा बैंक खातासमेत खोलेको देखिन्छ ।  

चीनसँग नरम मानिने डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग राष्ट्रपति ट्रम्पले चुनावी प्रतिस्पर्धा गरिरहँदा टाइम्सले यो सनसनीपूर्ण खुलासा गरेको हो । 

चीनमा रहेको उक्त बैंक खाता यसअघि ट्रम्पले सार्वजनिक गरेको विवरणमा लुकाइएको टाइम्सको भनाइ छ । यो खाताबारे यसअघि कुनै जानकारी सार्वजनिक गरिएको थिएन  । यति मात्र नभएर ट्रम्पको बेलायत र आयरल्यान्डको बैंकमा समेत खाता देखिन्छ ।

चीनमा रहेको बैंक खाता ट्रम्पको अन्तर्राष्ट्रिय होटेलहरूको व्यवस्थापकको स्वामित्वमा रहेको र उक्त खाताबाट सन् २०१३ देखि २०१५ सम्म एक लाख ८८ हजार पाँच सय ६१ डलर करसमेत चीनलाई तिरेको छ । 
करको विवरणमा के–कति कारोबार भयो भन्नेचाहिँ उल्लेख छैन । 

चीनविरोधी छवि बनाएका ट्रम्पको भित्री रूपमा चीनसँग नै करोडौँ डलरको व्यापार भएको खुलासाको प्रत्यक्ष असर आगामी निर्वाचनमा पर्ने देखिन्छ । त्यसै पनि कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै ट्रम्पको आलोचना चुलिएको छ ।