मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ कार्तिक ५ बुधबार १०:४३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

स्याङ्जामा दुई सय १८ गोलिया सालको काठ बरामद

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ कार्तिक ५ बुधबार १०:४३:००

स्याङ्जामा प्रहरीले दुई सय १८ गोलिया सालको काठ बरामद गरेको छ । चापाकोट नगरपालिका– १ खोलेगाउँस्थित भित्री सडकखण्डस्थित जंगलमा बेवारिसे अवस्थामा रहेको सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

बाटोमुनि स्याउलाले छोपी लुकाइछिपाई राखेको अवस्थामा रहेको तीन सय  ३४ क्युफिटबराबरको दुई सय १८ गोलिया सुकेको चारपाटा हानेको साल जातको काठ बरामद गरिएको अधिकारीले बताए ।

डिएसपी अधिकारीका अनुसार बरामद गरिएको काठ स्थानीय, जनप्रतिनिधि र वन कार्यालयका कर्मचारीको रोहवरमा बरामदी मुचुल्का गरी आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय चापाकोटलाई बुझाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।