१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ कार्तिक ५ बुधबार ०८:२०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इलाममा निर्माणाधीन सुपरमाईमा स्थानीयको अवरोध

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ५ बुधबार ०८:२०:००

इलामको माई खोलामा निर्माणाधीन सुपरमाई हाइड्रो प्रोजेक्ट निर्माणमा स्थानीयले अवरोध गरेका छन् । समाह खोला र इंगला खोलाको पानी परियोजनामा मिसाउने संरचना निर्माण सुरु भएपछि स्थानीयले विरोध गरेका कारण आयोजनाको काम बन्द भएको हो । ९.६ मेगावाटको आयोजनामा अन्य स्रोतको पानी मिसाउन लागिएको भन्दै स्थानीयले संघर्ष समिति बनाएरै आन्दोलन गरेका हुन् ।

सुपरमाई हाइड्रो प्रोजेक्टसँग वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विद्युत् खरिद सम्झौता माग गर्दा नपाएको स्थानीयले गुनासो गरेका छन् । ‘हामीले परियोजनाका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेलाई निवेदन नै दिएर प्रतिवेदनहरू मागेका थियाँै, सुरुमा उहाँले दिन्छौँ भन्नुभयो,’ संघर्ष समितिका सहसंयोजक कुशबहादुर थेबेले भने, ‘पछि बोर्डको बैठकले नदिने निर्णय ग¥यो भन्ने जवाफ पाइयो ।’

इंगला र समाह खोलाको पानी परियोजनामा मिसाउँदा सयाैँ रोपनी जमिन बाँझो हुने स्थानीय बताउँछन् । ‘यी दुई खोलाको पानी सयवटाभन्दा धेरै कुलाहरूबाट सिँचाइ हुने गरेको छ,’ स्थानीय धनबहादुर तिवारीले भने, ‘७० मुरी बिउको धानखेती हुने ठाउँ बाँझै पल्टिन्छ, अलैँचीमा पनि पानी लगाउन पाइँदैन ।’

जलविद्युत् आयोजनाले अन्य दुई खोलाको पानी माई खोलामा मिसाउने गरी संरचना बनाउन थालेपछि एउटा सिँचाइ आयोजना नै रद्द भएको माइजोगमाई–६ का दीपेश सोङमीले बताए । ‘खोलामा पानी नै नहुने भएपछि यहाँ बन्न लागेको माई खोला–रुल्लुक सिँचाइ आयोजना नै कोल्याप्स भयो,’ सोङमीले भने, ‘सिँचाइ आयोजना बनेको भए धेरै किसानलाई राहत मिल्थ्यो ।’

आन्दोलनरत स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टका लागि बनाइएको क्यानलका कारण पहिरोको जोखिम बढाएको संघर्ष समितिका सदस्य हुकुमलाल थेबेले बताए । ‘हाइड्रोले धेरै ठाउँ पहिरो गएका छन्, कतिपय मान्छेको वासै उठ्ने अवस्था छ,’ उनले भने ।