मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०५:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमद्वारा १७ भाषामा कम्पनीको सेवाबारे जानकारी

देशभरि छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरू लाभान्वित हुने कम्पनीको अपेक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०५:३८:००

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक–फरक मातृभाषा बोल्ने सेवाग्राहीहरूलाई लक्षित गरी १७ भाषामा कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका सेवा–सुविधाहरूको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाति तथा समुदायसम्म पुर्‍याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी दिएको हो । 

कम्पनीले राई बान्तवा, लिम्बू, पूर्वेली थारू, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ भाषामा कम्पनीले सेवा दिइरहेको जनाइको छ । त्यस्तै, मगर, अबधी, पश्चिमा थारू, खाम मगर, डोटेली र राना थारू भाषामा विभिन्न सन्देश प्रसारण भइरहेको कम्पनीले जनाएको छ ।

सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डेटा र भ्वाइसलगायतका सेवाहरू र तिनको प्रयोग गर्ने तरिकाबारे जानकारी प्रदान गरिएको कम्पनीको दाबी छ । यसले देशभरि छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरू लाभान्वित हुने कम्पनीले अपेक्षा व्यक्त गरेको छ ।  

यसका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको कम्पनीले जनाएको छ । फरक–फरक सन्देशहरू झन्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरू धनकुटा, बर्दिवास, काठमाडौं, पोखरा, दाङ र दिपायलमार्फत प्रसारण भइरहेको कम्पनीले जनाएको छ ।