१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार २१:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन महिनापछि ओली र नेपाल एक्लाएक्लै भेट, के भयो छलफल ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार २१:००:००

प्रधानमन्त्री केपी ओलीले सरकारका कामलाई लिएर लगातार असन्तुष्ट नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । उनीहरूबीच दुई घन्टाभन्दा बढी समय छलफल भएको छ । 

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच पछिल्लोपटक ९ साउनको राति बालुवाटारमा भेट भएको थियो । बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सकारात्मक छलफल नभएपछि ओली आफैँले टेलिफोन गरेर नेता नेपाललाई बालुवाटार बोलाएका थिए । 

स्रोतका अनुसार भेट सम्बन्ध सुधार र सहकार्यमा केन्द्रित थियो ।  पछिल्लोपटक कर्णाली प्रदेशमा देखिएको विवादले ओली र प्रचण्डबीच थप मनमुटाव भएको छ ।

मंगलबार यसै विषयमा ओली र प्रचण्डका सचिवालयका फरकफरक धारणा सार्वजनिक भएका छन् । नेकपामा स्थायी कमिटी बैठकअगाडि प्रचण्ड र नेपालबीच गठबन्धन बनेको थियो । प्रचण्ड र नेपालको गठबन्धनले दबाबमा आएका ओली र प्रचण्डबीच सहकार्य भएपछि स्थायी कमिटी बैठक सकिएको थियो । तर, ओली र प्रचण्डबीचको सहकार्यमा नेता नेपालले असन्तुष्टि जनाएका थिए । 

बैठक सकिएको एक महिनाभन्दा धेरै भए पनि निर्णय कार्यान्वयनमा भने कुनै प्रगति भएको छैन ।