मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २२ मंगलबार १५:३२:००
Read Time : < 1 मिनेट
समाचार

काश्मिरी जनताको स्वनिर्णय अधिकारलाई सम्मान गर्न भारतलाई पाकिस्तानको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २२ मंगलबार १५:३२:००

नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको समस्या वार्ताकै माध्यामबाट समाधान गर्न पाकिस्तान दृढ रहेको बताएका छन् । 

सन् १९४७ मा काश्मिरमा भारतीय सैनिकको आक्रमणमा परी मारिएका हजारौं नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दुतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिवद्धता भारतले कार्यान्वयन नगरेकाे बताए । 

सन् १९४७ मा भारतीय सेनाले आफ्नो नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रुपमा मनाउने गर्दै आएको छ । राजदुत जावेदले काश्मिरमा आक्रमण बन्द गरेर शान्तिको पक्षमा उभिन पनि भारतलाई आग्रह गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरु, पूर्व राजदुतहरुलगायतको उपस्थिति रहेको थियो ।