१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार १८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाको निर्णय : डा. भट्टराई संघीय परिषद् अध्यक्ष, सांसद चौधरीलाई रिहाइ गर्न अभियान चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार १८:५१:००

जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिएको छ । मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको हो । 

केन्द्रीय कार्यकारिणी समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नेतृत्व गर्ने संघीय परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि बैठकले पारित गरेको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको पार्टीका युवा नेता विश्वदीप पाण्डेले बताए । 

बाँकी निर्णयका लागि पाँचजना शीर्ष नेतालाई अधिकार दिएको पाण्डेले जानकारी दिए । पाँच शीर्ष नेतामा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र यादव रहेका छन् । 

बैठकले संघीय सांसद रेशम चौधरीको रिहाइका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।