मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक ४ मंगलबार १४:०६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

पोषणविद्को सुझाब– रोग प्रतिरोधी क्षमता बढाउने भए चिल्लो र धेरै खाने बानी हटाउनुस् 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ४ मंगलबार १४:०६:००

रोग प्रतिरोधात्मक क्षमता बढाउने नाममा छोटाे अवधिमा धेरै प्रकारका खानेकुरा खाइरहने गर्दा उल्टै स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै पोषणविद्ले सचेत गराएका छन् ।

छोटो अवधिमा धेरै प्रकारका खाना खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने पोषणविद् डा. मनसा थापा ठकुराठीले बताएकी छिन् । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो कम खान उनले सुझाब दिइन् ।

दसैँका वेला मांसाहारी भोजनसँगै चिल्लो र धेरै परिकार खाने चलन छ । खासगरी दसैँमा माछामासु, गुलियो पेय पदार्थ, मिठाइजन्य वस्तुहरूको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उनले सुझाब दिएकी छिन् । 

कोभिड– १९ संक्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ । खानपानको चाडको रूपमा रहेको दसैँका वेला यसमा बढी ध्यान दिनुपर्ने उनले बताइन् । 

मासु र दही शरीरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठीक मात्रामा खान उनले आग्रह गरिन् । पेय पदार्थ, गुलियो पेय पदार्थ र  मिठाइजन्य वस्तु नखानु उचित हुने उनको सुझाब छ ।

छोटो अवधिमा अनियन्त्रित किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले रोगव्याधीसमेत निम्त्याउने भएकाले सचेत हुनुपर्ने डा. ठकुराठीले बताइन् । मोटोपन बढ्दा रक्तचापमा उतारचढाव हुने, मुटुमा समस्या आउन सक्ने, रगतमा चिनीको मात्रा बढ्नेलगायतका समस्या आउन सक्ने भएकाले सचेत हुनुपर्ने उनकाे भनाइ छ । दसैँका वेला मुला, काँक्रो, कागतीको सेवन भने दैनिक गर्न उनले सुझाब दिइन् ।