Read Time : < 1 मिनेट
२०७७ कार्तिक ४ मंगलबार ११:५७:००
कोरोना संक्रमित एक पुरुषको धरानमा निधन भएको छ ।
इटहरी ठेगाना भएका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको हो ।
उनमा यही कात्तिक १ गते कोरोना पजिटिभ भएको र उनको ३ गते सोमबार राति साढे ९ बजे निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
मृतकको शव व्यवस्थापन नियमअनुसार हुने उनकाे भनाइ छ ।