मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ४ मंगलबार ०८:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा निषेधाज्ञा : के गर्न पाइने, के नपाइने ?

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ४ मंगलबार ०८:२५:००

चाडपर्वको समयमा भिडभाड हुने कारणले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा गरेको छ । 

प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जारी  गरेकाे सूचनामा  दसैँ, तिहार, छठलगायतका पर्वहरुमा पूजा, प्रार्थनाका लागि मठ, मन्दिरसहितका शक्तिपिठहरुमा विगतका वर्षहरूमा जस्तो हर्षोल्लासका साथ पूजा–आराधना गर्ने अवस्था नरहेकाले कात्तिक ३ गतेदेखि कात्तिक १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताइएको छ । 

स्थानीय प्रशासन ऐन, २०२० र संक्रामक ऐन, २०२० बमोजिम जारी गरिएको निषेधाज्ञा कसैले उल्लंघन गरेमा प्रचलित कानुन र संक्रामक रोग ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बिमलीले बताए ।

 निषेधाज्ञाको समयमा जिल्लाका सबै नगर तथा गाउँपालिकामा रहेका शक्तिपीठ, मन्दिर, मस्जिद, चर्च, गुम्बाहरूमा दैनिक गरिने नृत्य पाठपूजा, प्रार्थनाबाहेक सामूहिक रूपमा भेला भई कुनै पनि कार्य गर्न पाइनेछैन ।

त्यस्तै, चाडपर्वको अवसर पारेर सामुदायिक रूपमा भेला भई शुभकामना आदानप्रदानजस्ता कार्य निषेध गरिएको छ भने जिल्लाभरि बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा पनि निषेध गरिएको छ । तर, राजमार्गमा चल्ने लामो दूरी र अत्यावश्यक सेवाका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी बिमलीले बताए ।