१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ कार्तिक ४ मंगलबार ०५:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसदीय छानबिन : सामाजिक विकास मन्त्रालय र अस्पतालको लापरबाहीले  राजु सदाको ज्यान गयो

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ कार्तिक ४ मंगलबार ०५:०६:००

धनुषाको पर्साहीका राजु सदाको मृत्यु प्रकरणमा अस्पताल र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको लापरबाही देखिएको छ । घटना अध्ययन गर्न गठित समितिले मन्त्रालय र अस्पतालको लापरबाहीले सदाको ज्यान गएको निष्कर्ष निकालेको छ । 

झाडापखाला लागेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएका हंसपुर नगरपालिका–७ पर्साहीका १५ वर्र्षीय सदाको २४ असारमा मृत्यु भएको थियो । यसको छानबिनका लागि प्रदेश सभाले नेकपाका सांसद रवीन्द्र बैठाको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेश यादव र सावित्रीदेवी साह सदस्य रहेका थिए । 

सोमबार छानबिन समितिले प्रदेशका सभामुख सरोजकुमार यादवलाई अध्ययन तथा छानबिन प्रतिवेदन बुझाएको छ । समितिको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टिन स्थल र सामाजिक विकास मन्त्रालयबाट लापरबाही भएको उल्लेख गरिएको छ । त्यस्तै, घटनाको सम्बन्धमा पटक–पटक जानकारी माग्दा वास्ता नगरेको, महामारीको वेला अस्पतालको व्यवस्थापकीय पक्षसमेत कमजोर रहेको र मानवीय स्वास्थ्य संवेदनशीलतामा समेत मन्त्रालयले ध्यान नदिएको प्रतिवेदनमा औँल्याइएको छ ।

प्रयोगशालाले समयमा रिपोर्ट नदिएकाले पनि सदाको उपचार प्रभावकारी रूपमा हुन नसकेको जनाएको छ । बिरामी आइसोलेसन बेडबाट झरेको भनिए पनि सिसिक्यामेरा बिग्रिएकाले कतिवेला स्वास्थ्यकर्मी पुगे भन्ने यकिन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।