मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ३ सोमबार १५:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी हत्या प्रकरण :  घटनामा संलग्नलाई कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन (तस्बिरसहित)

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार १५:३३:००

प्रहरी सहायक निरिक्षक गोविन्द विकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै उनका आफन्त र स्थानीयले धनगढीमा प्रदर्शन गरेका छन् । 

 

कञ्चनपुरको पुनर्वासबाट आएका गोविन्दका आफन्त र स्थानीयले अहिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइरहेका छन् ।

हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने, गोबिन्दलाई सहीद घोषणा गर्नुपर्ने, आश्रित परिवारको जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ । गोबिन्दको घर पुनर्वास नगरपालिकाबाट ठूला संख्यामा स्थानीय बासिन्दा ट्रयाक्टरमा धनगढी आएका छन् ।

दोषी नउम्किउन भनेर दवाव दिन आफूहरु आन्दोलनमा उत्रिएको पुनर्वासका स्थानीय रमेश बिकले बताए । ‘आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै एउटा इमान्दार प्रहरीको हत्या भएको छ ।’ उनले भने, ‘हत्यामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइनुपर्छ ।’ ड्युटिमै रहेकाले बेला मारिएकाले सहीद घोषणा गर्नुपर्ने रमेशले बताए ।

धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोबिन्द विकको शनिबार राति गस्तीमा गएका बेला हत्या भएको थियो । मोटरसाइकलमा उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ । 

विकको शव घाँटी रेटिएको अवस्थामा जुगेडाको बनकट्टि घाटस्थित नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा आइतबार फेला परेको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको शब आफन्तले आजै लगेर अत्येष्टि गर्ने बताएका छन् ।  

प्रहरी सहायक निरिक्षक विक शनिवार राति साढे ८ बजे गस्तीमा निस्किएका थिए । मोटरसाइकलमा गस्तीमा गएका उनका साथमा थिए प्रहरी जवान रामबहादुर साँउद । अबेर रातिसम्म उनीहरु फर्केपछि पोष्टमा रहेका प्रहरीले सम्पर्कको प्रयास गरे तर फोनमा पनि सम्पर्क हुन सकेन । आइतबार मध्याह्न १२ बजेतिर नदीमा फालिएको अवस्थामा शब फेला प-यो ।

शव भेटिएको स्थानभन्दा करिब पाँच सय मिटर पर उखुबारी छेउको बाँझो जमिनमा लछारपछार भएको र त्यसको करिब ५० मिटर दुरीमा रगतको छिटा देखिएको छ । नजिकै प्रहरीको एउटा जुत्ता फेला परेको छ । त्यो ठाउँमा हत्या गरेर शव नदीमा फालेको देखिएको प्रहरीले जनाएको छ ।

शव र घटना स्थलको प्रकृति तथा प्रारम्भीक अनुसन्धानले तस्करीमा संलग्न समूहले हत्या गरेर लाश नदीमा फालेको प्रहरीको निष्कर्ष छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले प्रारम्भीक अनुसन्धानबाट हत्या गरेर शव नदीमा फालेको देखिएको बताए । प्रहरीले संदीग्ध ११ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

बेपत्ता प्रहरी जवान साउँदको खोजीका लागि पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनको पनि हत्या गरेर नदीमा फालिएको आशंकमा मोहना नदीमा खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको छ । 

प्रहरी स्रोतका अनुसार प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत गरी सय जनाभन्दा बढी प्रहरी वडा नम्बर १० र १२ मा परिचालित छन् ।