१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७७ कार्तिक ३ सोमबार १४:४३:००
Read Time : < 1 मिनेट
फिचर

ट्रम्पका विज्ञान सल्लाहकारको पोस्ट ट्विटरले हटाइदियो  

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ३ सोमबार १४:४३:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकारको पोस्टलाई भ्रामक भन्दै ट्विटरले हटाइदिएको छ । ट्रम्मका विज्ञान सल्लाहकार स्कट एटलसले गरेको ‘कोरोना भाइरस फैलनबाट मास्कले रोक्ने भनाइ गलत...’ भन्ने पोस्ट ट्विटरले आइतबार हटाएको हो । 

गत अगस्टमा ह्वाइटहाउसका विज्ञान सल्लाहकारमा नियुक्त भएका एटलसले ट्विटमा भनेका थिए, ‘मास्कले के साँच्चै काम गर्छ ? गर्दैन ।’ यसका साथै उनले मास्क लगाउन भइरहेका आग्रहको पनि समर्थन गरेका थिएनन् । साथै समर्थन पनि गर्न नसकिने उल्लेख गरेका थिए । 

ट्विटरका एक प्रवक्ताका अनुसार यो ट्विटले कम्पनीको नीति उल्लंघन गरेको छ । कोभिड–१९ को सम्बन्धमा जोकसैले पनि भ्रामक कुरा ट्विटरमा पोस्ट गर्न पाउँदैन जसका कारण सर्वसाधारणलाई नोक्सानी होस् । विज्ञानविज्ञ एटलसको भनाइले पनि सर्वसाधारणमा नोक्सानि पुऱ्याउने पुष्टि भएकाले हटाइएको ट्विटरको भनाइ छ ।

 
यस्तो अवस्थामा ट्विटरले ती व्यक्तिको एकाउन्ट निक्रिय बनाइदिन्छ । जब सम्बन्धित व्यक्तिले भ्रामक ट्विट (पोस्ट) आफैँ हटाउँदैन तबसम्म खाता निष्क्रिय नै रहन्छ । हुन त अमेरिकी राष्ट्रपति आफैँ कोरोना संक्रमित भइसक्दा पनि मास्क प्रयोगलाई बेवास्ता गर्दै आइरहेका छन् । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

पोस्ट हटाएको सन्दर्भमा एटलसले इमेलमार्फत भनेका छन्, ‘मेरो पोस्ट किन हटाइयो मैले बुझेको छैन ।’ उनले ट्विटरको यो कदमलाई ‘सेन्सरसिप’को संज्ञा दिएका छन् । उनले मास्कको प्रयोग सामाजिक दूरी कामय नहुने अवस्थामा मात्रै गर्न आग्रह गरेको, तर मास्कको प्रयोग नै नगर्न नभनेको बताए ।