मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका सबै सांसदले दसैँ भत्ता फिर्ता गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १२:५७:००

नेपाली कांग्रेसले आफ्ना सबै सांसदको खातामा दसैँ भत्ताबापत जम्मा गरेको रकम फिर्ता गर्न संसद् सचिवालयलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ  ।

कांग्रेस संसदीय दलले संसद् सचिवालयलाई पत्र पठाएर आफ्ना सबै सांसदको दसैँ भत्ताबापतको रकम कट्टा गर्न आग्रह गर्ने भएको हो । 

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार नै संसद् सचिवालयमा पत्र पठाएर भत्ताको रकम कट्टा गर्न आग्रह गरिने बताए ।

‘कोरोना परीक्षण र संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने राज्यको दायित्वबाट सरकार पन्छिएको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा सांसदलाई दसैँ भत्ता दिनु गलत हो ।’ उनले यस्तो वेला आमनागरिकको औषधोपचार र खानपानको सुनिश्चितता राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

सांसदलाई दसैँ भत्ता दिएको समाचार सार्वजनिक भएपछि फिर्ता गर्ने होड चलेको छ । सत्तारुढ दलकै सांसदले पनि भत्ता दिएकोमा आपत्ति जनाउँदै फिर्ता गर्न सुरु गरेका छन् ।