मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ३ सोमबार १२:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोकर्ण विष्टले दसैँ भत्ताबापत खातामा हालेकाे रकम फिर्ता गरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ३ सोमबार १२:०८:००

नेकपाका सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दसैँ भत्ताबापत आफ्नाे खातामा जम्मा गरिएकाे रकमबराबरको चेक काटेर संसद् सचिवालयमा पत्रसहित फिर्ता पठाएका छन् । 

उनले संसद् सचिवालयका महासचिवलाई भावुक पत्र पठाउँदै भत्ताबापतकाे रकम फिर्ता गरेका हुन् । उनले लेखेको पत्रमा अहिले कोरोनाका कारण देशले चरम संकटको सामना गरिरहेको र लाखौँ श्रमिकले पूर्ण वा आंशिक रूपमा रोजगारी गुमाएको अवस्था रहेकाे उल्लेख गरेका छन् । 

‘अतिविपन्न व्यक्तिहरूले चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको छ । कोरोना र अन्य रोगका बिरामीहरूले उपचारका लागि अस्पतालको शय्यासमेत नपाउने अवस्था उत्पन्न भएको छ । यसरी आमनागरिकले रोग र भोकसँग जुधिरहेको यो संकटपूर्ण घडीमा अनावश्यक खर्च र कतिपय सुविधासमेत कटौती गरेर जनताको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ,’ पत्रमा उल्लेख छ ।

त्यसैगरी उनले आमनागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिँदै गएको अवस्थामा सांसदको हैसियतमा दसैँ खर्चको नाममा सुविधा लिने कुरा सामाजिक न्यायको हिसाबले पनि उपयुक्त नदेखिने बताएका छन् । 

पत्रमा भनिएको छ, ‘यसकारण दसैँ खर्चको नाममा दिन लागिएको सुविधाबापतको रकम थोरै भए पनि सर्वसाधारण जनताको उपचार र राहतमा सहयोग पुगोस् भन्ने भावनाले यसै पत्र साथ संघीय संसद् सचिवालयमा चेकमार्फत फिर्ता गरेको व्यहोरा अनुरोध गर्दछु ।’