मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक ३ सोमबार १२:१४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धरानमा एक कोरोना संक्रमित वृद्धको निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार १२:१४:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा एक कोरोना संक्रमित वृद्धको निधन भएको छ । 

इटहरी घर भएका ७८ वर्षीय वृद्धको निधन भएको अस्पतालका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । उनी रक्तअल्पता र पेटको राेगबाट पीडित भएको उनले जानकारी दिए । 

उनमा १ कात्तिकमा कोरोना पजिटिभ देखिएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । 

मृतकको शव नियमअनुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।