मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ३ सोमबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली बजारमा विद्युतीय गाडी ‘निसान लिफ’ आउँदै

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार ०६:४४:००

निसान मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसानको विद्युतीय गाडी ‘निसान लिफ’ नेपालमा सार्वजनिक गर्ने भएको छ । विद्युतीय सवारीमा कर वृद्धि गरिएपछि पहिल्यै घोषित कार्यक्रमअनुसार सार्वजनिक गर्न नसकेको कम्पनीले सरकारद्वारा विद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निसानको ‘लिफ’ बजारमा आउने भएको हो । 

निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी भएको कम्पनीले जनाएको छ । यो गाडी निसानको विद्युतीय गाडीहरूमा सबैभन्दा उन्नत कार रहेको कम्पनीको दाबी छ । यो गाडी विश्वभरमा अहिलेसम्म २ लाख ५० हजारवटाभन्दा बढी बिक्री भइसकेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार पहिलो निसान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरू र उत्कृष्ट लुक भएको निसान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीका रूपमा परिचित रहेको जनाइएको छ ।

अधिक हर्सपावार र टर्कसहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरू रहेको कम्पनीले जनाएको छ । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । इ–पेडलमा एक्सलेरेटर पेडल छोड्नासाथ गाडीको गति आफैँ कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिने कम्पनीले जनाएको छ ।