मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २२ मंगलबार ११:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

बुटवलमा कृषि  मेला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २२ मंगलबार ११:१६:००

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ बुटवलमा कृषि मेला सुरु भएको छ । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा  सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमबारदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको हो ।

२६ माघसम्म सञ्चालन हुने मेलाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिरुवामा पानी सिञ्चित गरी उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए । उनले प्रदेशको विकासको पहिलो आधार कृषि र त्यसपछि उद्योग तथा पर्यटन रहेको बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले व्यवसायीहरूको संस्था भएर पनि उद्योग वाणिज्य संघले कृषिको क्षेत्रमा गरेका कार्यक्रम र मेलाहरू अनुकरणीय रहेको बताइन् । मेलामा गाउँका उत्पादनदेखि कृषि प्रविधिका एक सय २६ स्टल रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।