मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक ३ सोमबार ०९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुक्का प्रहार गरेर श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार ०९:०४:००

 झापामा मुक्का प्रहार गरे श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आइतबार साँझ मेचीनगर–४ का ३४ वर्षीय पर्वत राईले श्रीमती संगीता राई (२७)को हत्या गरेका हुन् ।

घरायसी विवादमा मुक्का प्रहार गर्दा संगीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने पर्वतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।