१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २ आइतबार १५:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँ भत्ता फिर्ता लिन आग्रह गर्दै भीम रावलले संसद सचिवालयलाई पत्र पठाए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २ आइतबार १५:४७:००

नेकपा नेता एवं सांसद भीम रावलले संसद सचिवालयलाई पत्र पठाएर दसैँ भत्ता वापत आफ्नो खातामा हालेको रकम कट्टा गर्न आग्रह गरेका छन् ।

उनले विषम स्वास्थ्य चुनाैती र आर्थिक कठिनाइका बेला सांसदलाई भत्ता दिनु गलतभन्दै आफ्नो रकम कट्टा गर्न सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक आग्रह गरेका थिए ।

लिखित पत्र पठाए भत्ता वापतकाे रकम कट्टा गर्न सकिने जानकारी संसद सचिवालयका कर्मचारीबाट पाएपछि उनले पत्र पठाएका हुन् । उनले पत्र पठाएर संसद सचिवालयका महासचिवलाई फोन गरेर जानकारीसमेत दिएको बताए ।

‘अहिलेको अवस्थामा भत्ता दिनु गलत हो,’ उनले भने, ‘भत्ता वापतको रकम खातामा हालिसकेकाले चेक काटेर फिर्ता गर्ने वा अर्काे महिनाको पारिश्रमिकबाट कटाउन, जे सजिलाेे हुन्छ गर्न मैले लिखित पत्र पठाएर जानकारी गराएको छु ।’

सांसदलाई भत्ता दिने विषयमा नेकपाकै अर्का नेता एवं सांसद जनार्दन शर्माले पनि आपत्ति जनाएका छन् । उनले दसैँ भत्ताका रूपमा सांसदलाई दिने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् ।

याे पनि .....

दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ : जनार्दन शर्मा

सांसदले दसैँ भत्ता लिन हुँदैन : भीम रावल