मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआइ
२०७७ कार्तिक २ आइतबार १४:५८:००
Read Time : < 1 मिनेट
विश्व

अफगानिस्तानमा भएको झडपमा सात सैनिक र पाँच तालिबानको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआइ
२०७७ कार्तिक २ आइतबार १४:५८:००

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकुहरूबीच भएको झडपमा सातजना सैनिक मारिएका छन् ।

झडपमा कम्तीमा पाँचजना तालिबानी लडाकुको पनि मृत्यु भएको एक स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा भएको झडपमा ती सैनिक मारिएका अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार सो क्षेत्रमा रहेको सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा आएका लडाकुले हातहतियारले आक्रमण गरेपछि भिडन्त भएको थियो । भिडन्तमै ती सैनिक मारिएका बताइएको छ । त्यसैगरी झडपमा केही सैनिक घाइते भएको बताइएको छ ।

जिल्लामा केही दिनयतादेखि तालिबानी लडाकुहरूले निरन्तर आक्रमण गर्दै आएका छन् । उता कतारको दोहामा अफगान सरकार र तालिबानीबीच शान्तिवार्ता जारी छ । तैपनि तालिबानीले आक्रमण गर्न छोडेका छैनन् ।