मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २ आइतबार ११:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साइपाल गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा ३५ जनाको गरियो आँखाको शल्यक्रिया

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २ आइतबार ११:५३:००

बझाङको साइपाल गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा ३५ जनाको आँखाको शल्यक्रिया भएको छ । १४ सय २५ जनाले अन्य स्वास्थ्य सुविधा लिएका छन् ।

सामाजिक विकास मन्त्रालय धनगढी, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय बझाङ, तिलगंगा आँखा अस्पताल काठमाडौं र गेटा आँखा अस्पताल धनगढीको संयुक्त आयोजनामा बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको हो । 

जिल्लाको सबैभन्दा विकट साइपाल गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन भएपछि त्यस क्षेत्रका बासिन्दा दुई–तीन दिन पैदल हिँडेर स्वास्थ्य सेवा लिन आएका छन् ।

शिविरमा अँध्यारो संसारमा बाँचेकी  साइपाल गाउँपालिकाकी दुवै आँखा नदेख्ने प्यारू बोहरालगायत अन्य आँखा नदेख्ने ३४ जनाको शल्यक्रिया भएको र १४ सय २५ जनाले अन्य स्वास्थ्य सुविधा लिएको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । 

शिविरबाट साइपाल गाउँपालिकाका बासिन्दालाई स्वास्थ्य सेवा लिन एकदमै सहज भएको उनको भनाइ छ । 

बृहत् स्वास्थ्य शिविरमा तिलगंगा आँखा अस्पतालबाट डा. रिता गुरुङसहित टोलीले सेवा दिएको छ भने अन्य स्वास्थ्य सेवाका लागि जिल्ला अस्पतालका डा. सन्दीप ओखेडा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीकाे टोली खटिएको छ ।