मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस सिरहा
२०७७ कार्तिक २ आइतबार ११:३४:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सिराहामा १० प्रतिशतले बढ्याे विद्युत् चुहावट 

Read Time : > 1 मिनेट
रासस सिरहा
२०७७ कार्तिक २ आइतबार ११:३४:००

कोरोना संक्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिराहाको लहान क्षेत्रमा आर्थिक वर्ष ०७६/७७ मा विद्युत् चुहावट करिब १० प्रतिशतले बढेको छ ।

विगतका वर्षमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा विद्युत् चुहावट अभियान सञ्चालन हुँदा विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको थियो ।

सरकारले गत चैत महिनादेखि गरेको लकडाउन र फैलिँदो कोरोना संक्रमणको सन्त्रासका कारण चुहावट नियन्त्रणका लागि गाउँगाउँमा टोली पठाउन नसकेका कारण चुहावट बढेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख ई. धीरेन्द्रकुमार यादवले जानकारी दिए । 

यस्तै आर्थिक वर्ष ०७६/७७ मा विद्युतकाे महसुल नबुझाउने एक हजार चार सय २४ ग्राहकको विद्युत् लाइन  काट्दा रु. तीन करोड २९ लाख ८४ हजार चार सय ८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ । 

आव ०७५/७६ मा विद्युतकाे महसुल नबुझाउने चार सय ४९ ग्राहकको विद्युत् लाइन  काट्दा रु. एक करोड ९२ लाख १२ हजार नाै सय २५ बाँकी बक्यौता रकम असुली भएको थियो ।

लामो समयदेखि विद्युत् महसुल नबुझाउने दुई सय ७७ ग्राहकलाई कालोसूचीमा राखिएको र त्यस्ता ग्राहकको क्रमशः लाइन काटिने प्रमुख यादवको भनाइ छ । 

कालोसूचीमा रहेका ग्राहकबाट रु. ६० लाख आठ हजार चार सय ३८ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ३६ जनालाई पक्राउ गरी जरिवानाबापत रु. १७ लाख ८४ हजार आठ सय ६३ राजस्व संकलन भएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका इन्जिनियर रामजी साहले बताए । 

सो क्रममा २२० थान विद्युत् मोटरसमेत बरामद गरिएको प्रमुख यादवले बताए । कुल ५८ हजार आठ सय ८४ ग्राहकबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आव ०७६/७७ मा विद्युत् महसुल ९४ दशमलव ८२ प्रतिशत अर्थात् रु. ३३ करोड ६६ लाख १६ हजार चार सय ४० संकलन गरेको इन्जिनियर साहले बताए ।