मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २ आइतबार ११:३२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चिकित्सकसहित ११ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि दैलेख स्वास्थ्य कार्यालय सिल

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २ आइतबार ११:३२:००

दैलेख सदरमुकाममा लगातार चार दिनदेखि कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका एक डाक्टरसहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा कार्यालय दैलेख चार दिनका लागि सिल गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखमा आपतकालीनबाहेकका अन्य सबै सेवा बन्द गरिएको छ ।

दैलेखमा रहेको पिसिआर ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएकाे छ । 

अहिले सक्रिय कोरोना संक्रमितहरू दैलेखमा एक सय २३ जना पुगिसकेका छन् । 

गत बुधबार २३, बिहीबार १६, शुक्रबार २१ र शनिबार २३ जनाजनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित बढे पनि जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्ड खासै अपनाएको देखिँदैन । 

दसैँ निजिकिएकाले सदरमुकाम दैलेख बजारमा अत्यधिक भिडभाड बढेको छ । 

बिरामी राख्ने अस्पताल भरियो
आपतकालीन रूपमा निर्माण गरिएको दैलेखको आइसाेलेसन अस्पताल भरिइसकेको छ । धेरै बिरामीहरू होम आइसाेलेसनमा छन् । 

लक्षणसहितका बिरामी बढ्न थालेपछि समस्या जटिल बन्दै गएकोले आमनागरिकले व्यक्तिगत सुरक्षा अपनाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले अनुरोध गरेको छ । 

‘हामीले अस्पतालको आपतकालीनबाहेक सबै सेवा बन्द गर्नुपर्ने अवस्था आएको छ । आमनागरिकलाई सुरक्षित रहन आग्रह गरिरहेका छौँ,’ स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरन्जन पन्तले भने । 

भिड कम गर्न प्रहरी परिचालन तथा होटेल बन्द

सदरमुकाममा होटेल व्यवसायी र अन्य व्यापारीहरूलाई धमाधम कोरोना संक्रमण देखिन थालेपछि कोरोना रोकथाम तथा विपत् व्यवस्थापन समिति दैलेखले होटेल बन्द गर्ने निर्णय गरेको छ । 

संक्रमित भएका परिवार र आफन्तले गर्ने व्यवसाय बन्द गर्न आग्रह गरिएको छ । व्यापारीलाई सामाजिक दूरी कायम गर्ने, मास्क लगाउनेबारेमा प्रशासनले आग्रह गरेको भए पनि दैलेख सदरमुकाममा भिडभाड निकै देखिएको छ । 

मास्क नलगाएरै सयौँ मानिस ओहोरदोहोर गरिरहेका छन् । 

भौतिक दूरी कायम नगर्ने र मास्क नलगाउनेलाई प्रहरी परिचालन गर्दै सचेत गराइएको छ ।