मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २ आइतबार ११:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेवाग्राहीको भिड बढेपछि नरदेवी आयुर्वेद चिकित्सालयको ओपिडी शनिबार पनि खुला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २ आइतबार ११:२४:००

बिरामी र रोग प्रतिरोधी क्षमता बढाउने औषधि लिनेको भिड बढेपछि नरदेवी आयुर्वेद चिकित्सालयले शनिबार पनि ओपिडी सेवा सञ्चालन गरेको छ ।

चिकित्सालयले रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेको छ । कोरोनाविरुद्धको औषधि नबनेकाले अहिले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको माग बढेको छ ।

अस्पतालका निर्देशक डा. प्रदीप केसीले बिरामी र औषधि लिनेको भिड बढेकाले शनिबार पनि ओपिडी सेवा सुरु गरिएको बताए । रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधिको सेवन बिरामी र स्वास्थ्य व्यक्तिले समेत थालेका छन् । 

जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको डा. केसीले बताए । उक्त चूर्ण लिन आउने सेवाग्राहीको भिड धान्न नसकेपछि चिकित्सालयले शनिबारसमेत सेवा प्रवाह गरेको हो । 

नरदेवी चिकित्सालयमा पुगेर शनिबार तीन सयभन्दा बढीले ओपिडी सेवा लिएका छन् ।