मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २ आइतबार ०५:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकको नेतृत्वमा सेती नदी जलविद्युत् योजनामा लगानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २ आइतबार ०५:१५:००

एनएमबि बैंक लिमिटेडले सेती नदी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । बैंकले कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकको सहवित्तीयकरणमा लगानी गर्ने भएको हो । 

गण्डकी प्रदेशको कास्कीमा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत् परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा आयोजना निर्माण हुँदै छ । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको जनाइएको छ ।

यसमध्ये बैंकहरूको लगानी ३ अर्ब ५० करोड रुपैयाँ हुने जनाइएको छ । यो आयोजनासमेत एनएमबि बैंकले ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको जनाएको छ ।