मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १ शनिबार १५:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सकसहित चार कर्मचारीमा कोरोना देखिएपछि पाल्पा अस्पताल बन्द

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १ शनिबार १५:११:००

पाल्पा अस्पतालमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरिएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरका अनुसार दुई चिकित्सकसहित अस्पतालका कार्यालय सहयोगी र सुरक्षाकर्मीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

असोज २७ मा अस्पतालका कर्मचारी, बिरामीसहित नौजनाको स्वाब परीक्षण गरिएकोमा सातजनामा कोरोना संक्रमण देखिएको डा. कुँवरले जानकारी दिए । उनले भने, ‘संक्रमण हुनेमा चारजना अस्पतालका कर्मचारी र अन्य तीनजना उपचारका लागि आउनुभएका बिरामी हुनुहुन्छ ।’