मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक १ शनिबार १३:२४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुर्खेतमा कोरोनाबाट थप एकको निधन 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १ शनिबार १३:२४:००

सुर्खेतमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको निधन भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार १० दिनअघि ज्वरो आएर टाइफाइडको सुई लगाएका उनलाई निको नभएपछि असोज ३० मा प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या १३ पुगेको छ ।