Skip This
विज्ञ टोली लोलुङजोङ पठाएर विवादित भूमि छानबिन गर : जीवनबहादुर शाही
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

विज्ञ टोली लोलुङजोङ पठाएर विवादित भूमि छानबिन गर : जीवनबहादुर शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

नेपाल-चीन सीमा लोलुङजोङमा चिनियाँ पक्षले नेपाली भूमि मिचेकाे दाबी गर्दै कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्री केपी ओलीलाई विज्ञटोली हुम्ला पठाउन आग्रह गरेका छन् । 

उनले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । लोलुङजोङ सीमा विवाद भएपछि यसको समाधान गर्न विज्ञ टोली आवश्यक भएको भन्दै उनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए ।  

उत्तरी नाम्खा गाउँपालिका-६ लिमी क्षेत्रको नेपाली भूमि मिचेर चिनियाँ पक्षले नौवटा भवन निर्माण गरेको उनले बताउँदै आएका छन् । ११ दिन सीमास्तम्भ अध्ययन गरी जिल्ला फर्केका शाहीले लोलुङजोङ क्षेत्रको विषयमा नेपाल सरकारले विज्ञ टोली पठाएर यसको छानबिन गर्न माग गरेका छन् ।