मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १९:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेनाले २–४ कात्तिकमा बोलायो पृतनापतिहरूको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १९:५२:००

नेपाली सेनाले पृतनापतिहरूको समन्वयात्मक बैठक आयोजना गर्ने भएको छ । जंगी अड्डामा भदौमा तय भएको बैठक कात्तिक २ देखि ४ सम्म आयोजना हुन लागेको हो । भारतका स्थलसेनाध्यक्ष मनोजमुकुन्द नराभणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सेनाले पृतनापतिहरूको समन्वयात्मक बैठक गर्न लागेको छ ।

बैठकमा सबै पृतनापतिहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा अवस्था, सुरक्षा चुनौती, सांगठनिक अवस्था तथा सुझाब पेस गर्नेछन् ।
यसपटक काठमाडौंबाहिरका सात पृतनापतिहरू बैठकमा भिडियोमार्फत सहभागी हुने र ब्रिफिङ गर्ने कार्यक्रम छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौं उपत्यकास्थित पृतनापति तथा विभागीय प्रमुख, महानिर्देशक एवं निर्देशकहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर जंगी अड्डामा सहभागी हुनेछन् ।

यसअघि बैठकको उद्घाटन निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको थियो । सैनिक स्रोतका अनुसार अब रक्षामन्त्रीसमेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्ने तयारी छ । समापन भने प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्नेछन् । 

बैठकमा नेपाली सेनाले अभ्यास गर्न लागेको कमान्डस्तरीय संरचनाबारे पनि छलफल हुने एक उपरथीले जानकारी दिए । प्रधानसेनापति थापाको प्रस्ताबअनुसार हालका आठ पृतना हेडक्वार्टरमाथि पूर्वी, मध्य, पश्चिम र उपत्यका कमान्ड हेडक्वार्टर स्थापना गर्ने गरी तयारी भइरहेको छ ।