मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १४:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं र भक्तपुर जिल्ला प्रशासनद्वारा सेवा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १४:३८:००

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् । कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा स्थगित गरिएको जनाएको छ । 

उपत्यकामा संक्रमणको दर अत्यधिक गतिमा बढिरहेको र कार्यालयमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमणको पुष्टि भएकाले आइतबारदेखि अत्यावश्यक सेवाबाहेकका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो।

शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दाको सुनुवाइ र विपत् व्यवस्थापनसँग सम्बन्धितबाहेक सबै सेवा स्थगित गरिएको कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए । 

सेवाग्राहीको भिडभाड हुँदा संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेका कारण सेवा स्थगित गरिएको उनले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २८ असोजमै अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिसकेको छ ।