Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज २९ बिहीबार २२:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पतालपिच्छे पिसिआर रिपोर्ट फरक आउँदा दृष्टिविहीन पुष्पाको उपचारमा समस्या

Read Time : < 1 मिनेट
२०७७ असोज २९ बिहीबार २२:२६:००

चितवनमा एउटै व्यक्तिको कोरोना परीक्षणमा दुई प्रयोगशालाले फरक–फरक रिपोर्ट दिएका छन् । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)को कोभिड प्रयोगशाला र भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एउटै व्यक्तिको फरक–फरक रिपोर्ट आएको हो ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले उद्धार गरी आश्रम लगेको ३६ वर्षीया पुष्पा मगरको रिपोर्ट फरक–फरक आएको हो । पुष्पालाई बेवारिसे अवस्थामा सडकबाट आश्रममा लगिएको थियो । 

दृष्टिविहीन मगरलाई आश्रम लानुअघि १५ असोजमा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला पिसिआर गरिएको थियो । जहाँ रिपोर्ट नेगेटिभ थियो।

भरतपुर आँखा अस्पतालको सहयोगमा मगरको आँखाको निःशुल्क अप्रेसन हुने भयो । तर, ९ दिनअघिको पिसिआर रिपोर्टले नमिल्ने भन्दै ताजा रिपोर्ट ल्याउन शल्यचिकित्सकले सुझाए । 

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाकी अध्यक्ष सीता कुँवरका अनुसार केन्द्रले पैसा तिरेर २३ असोजमा अप्रेसनको लागि चितवन मेडिकल कलेजमा मगरको पिसिआर टेस्ट गरियो । चितवन मेडिकलले तीन दिनपछि २६ असोजमा पजिटिभ रिपोर्ट दियो । 

कुँवरलाई त्यो रिपोर्ट विश्वास लागेन । उनले २७ असोजमा भरतपुर अस्पतालमा मगरको स्वाब दिइन् । अस्पतालले २८ असोजमा रिपोर्ट नेगेटिभ दियो ।

दुई प्रयोगशालामा रिपोर्ट फरक आएपछि मगरको अप्रेसन  अन्योलमा परेको कुँवर बताउँछिन् । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिको पिसिआर रिपोर्ट फरक फरक आएपछि मगरको आँखाको अप्रेसन रोकिएको कुँवरले बताइन् ।