मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २९ बिहीबार १७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मानवअधिकार आयोगद्वारा दुई सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २९ बिहीबार १७:४२:००

राष्ट्रिय मानवअधिकार आयोगले दुई सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गरेको छ । आयोग स्थापनाको २० वर्षको अवसरमा सिफारिस कार्यान्वयनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगले त्यसमा दुई सय ८६ जनाको नाम पनि किटान गरेको छ । जसमा धेरैजसो सुरक्षाकर्मी तथा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरू छन् । 

२० वर्षको अवधिमा आयोगमा १२ हजार आठ सय २५ उजुरी परेको र त्यसमध्ये ६ हजार ६ सय १८ आयोगले फर्स्याेट गरेको छ । त्यसमध्ये एक हजार एक सय ९५ वटाको छानबिन गरी पीडितलाई न्यायका लागि सरकारलाई सिफारिस गरेको थियो । त्यसमध्ये करिब ५० प्रतिशत कार्यान्वयन नभएको आयोगले जनाएको छ ।

सिफारिसमध्ये १२.६४ प्रतिशत पूर्ण रूपमा तथा ३७.२३ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको सात सय २८  पेज लामो प्रतिवेदनमा सिफारिस गरिएका एक हजार एक सय ९५ वटै घटनाको विवरण राखिएको छ ।