१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस–एएनआई
२०७७ असोज २९ बिहीबार १२:३७:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोरोना संक्रमण

Read Time : < 1 मिनेट
रासस–एएनआई
२०७७ असोज २९ बिहीबार १२:३७:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइटहाउसको वेबसाइटमार्फत छोरा ब्यारोनलाई कोभिड– १९ संक्रमण देखिएको बताएकी हुन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आफू र छोरा ब्यारोनलाई कोभिड– १९ को संक्रमण देखिएको उनले बताएकी छिन् । राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर, उनलाई कुनै लक्षण भने देखिएको थिएन । 

प्रथम महिला मेलानियाले भनिन्, ‘परिवारका हामी तीनैजनालाई एकैपटक कोभिड– १९ देखियो, र यसबाट हामीले एक–अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो । राष्ट्रपति ट्रम्प भने निको भइसकेका छन् ।’ ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले पनि संवाददाताहरूलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका छन्  । 
प्रथम महिला मेलानियाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको पनि जनाएकी छिन् ।