१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्वीर : राष्ट्रपति कार्यालय
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २९ बिहीबार १२:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त मन्त्रीहरूले गरे शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २९ बिहीबार १२:१३:००

मन्त्रिमण्डलमा समावेश गरिएका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई  पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डल पुनर्गठन गरी नयाँ तीन अनुहारलाई समावेश गरेका थिए ।