मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २९ बिहीबार ११:४७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

ताप्लेजुङका प्रजिअ चापागाईंलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ असोज २९ बिहीबार ११:४७:००

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रजिअलाई कोरोना पजिटिभ भएपछि जिल्ला प्रशासन कार्यालय सात दिनलाई सिल गरिएको छ ।  

प्रशासन सात दिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने प्रशासनका नायव सुब्बा रमेशप्रसाद सिग्देलले बताए । 

ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराईसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईंलाई संक्रमण पुष्टि भएको हो । 

बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाईंको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो । 

स्वाब संकलनपछि प्रजिअ चापागाईं प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टिनमा बसेका थिए । 

उनले आफ्नो स्वाब परीक्षणको रिपाेर्ट पजिटिभ आएकाले थप सतर्कताका साथ आइसोलेसनमा रहने बताए ।