१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज २९ बिहीबार ०८:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाग्लुङका कोरोना संक्रमितकाे पाेखरामा मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज २९ बिहीबार ०८:३९:००

कोरोना संक्रमणका कारण बाग्लुङमा थप एकजना पुरुषको मृत्यु भएको छ । बाग्लुङ नगरपालिका– २ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधबार चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको हो । 

उच्च रक्तचाप र मुटुको समस्या रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत आइतबार थप उपचारका लागि पोखरा लगिएको थियो । उपचारका क्रममा पोखरा लगिएका उनको कोरोनाका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनी विगत लामो समयदेखि बाग्लुङ बजारमा किराना व्यवसाय गर्दै आएका थिए । योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।